विराटनगर।सिरहामा खेत जोतिरहेका एक किसानको गोली हानी हत्या भएको छ । सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।
स्थानीय स्रोतका अनुसार यादव आफ्नै खेतमा ट्याक्टर चलाइरहेका बेला अचानक गोली प्रहार भएको थियो । गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार घटनाको कारण र संलग्न व्यक्तिको पहिचान खुलाउन अनुसन्धान तीव्र पारिएको छ ।
घटनापछि सिरहाका प्रहरी प्रमुख एसपी वासुदेव पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।




















