विराटनगर।काठमाडौं ,नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै इतिहासकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

एकैदिन यति ठूलो मूल्यवृद्धि हुँदा सुन बजारमा उपभोक्ताको चासो घट्ने र कारोबार प्रभावित हुने व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको भाउ र भूराजनीतिक अनिश्चितताले घरेलु बजारमा समेत दबाब परेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ७ हजार ५०५ रुपैयाँ पुगेको छ ।

लगातारको मूल्यवृद्धिसँगै सुनचाँदीको कारोबार सुस्ताउँदै जाने संकेत देखिएको व्यवसायीहरूले बताए।