विराटनगर।धरान ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकापऔएमालेओ सुनसरी क्षेत्र नं १ चुनावमा होमिएको छ । एमालेले ७ सय ७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी चुनावमा होमिएको हो । एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीको सहसंयोजकमा नेकपा एमाले पूर्व केन्द्रीय सल्लाहाकार परिषद् सदस्य प्रदीप भण्डारी रहेका छन् । निर्वाचन परिचालन कमिटीको सचिवालयमा नेकपा उमाले प्रदेश सचिवालय सदस्य जयकुमार राई, विजयकुमार राई, रमेशकुमार बस्नेत, मोतिराज सुनुवार, प्रकाश राई, योगराज खड्का, नन्दकुमार बस्नेत, गणेश गुरागाईं, लहरुमाया जिमी, शुसिला पहाडी ढकाल, रुफिना गुरुङ राई, खम्बसिं गुरुङ, भीम ज्वाला राई, राम आङ्बुहाङ, ईन्द्रकला राई र मीनकुमार सुब्बा। हर्कजंङ एभेङ, हरी पौडेललगायत ,यस्तै एमाले सुनसरी–१ पार्टी कार्यालयका अनुसार जनपरिचालन संयोजकमा जयकुमार राई, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीहरू कमिटीका सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, कार्यालय संयोजक स् हर्कजङ एभेङ, प्रचार–प्रसार संयोजक भीमज्वाला राई, आर्थिक संयोजकमा सरोज श्रेष्ठ, कानुनी परामर्श संयोजकमा हेमराज सुवेदी, बुद्धिजीवी परिचालन संयोजकमा सूर्यप्रकाश पंधाक, मुक्ति समाज परिचालन संयोजकमा सावित्रा परियार, अनेम संघ परिचालन संयोजकमा शुसिला पहाडी ढकाल, युवा परिचालन संयोजकमा दिवस वान्तवा राईलाई जिम्मेवारी तोकिएको छ ।
भौगोलिक आधारमा प्रदेश सभा क्षेत्र–१ तर्फ संयोजक विवेक राई र सहसंयोजक कुमार भारती, तथा प्रदेश सभा क्षेत्र–२ तर्फ संयोजक सन्तोष ओख्राबु र सहसंयोजक विजय लामा तोकिएको एमालेले जनाएको छ ।
यस्तै, विद्यार्थी परिचालन संयोजक शेखर रेग्मी र सहसंयोजक सुनिल सुब्बा रहनु भएको छ । घोषणापत्र तयारी समितिमा मुरारी सुवेदी, भीमज्वाला राई, योगराज खड्का, नन्दकुमार बस्नेत र ईन्द्रकला राई सदस्य छन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरि निर्वाचन परिचालन कमिटी सार्वजनिक गरेको हो । एमालेले सुनसरी क्षेत्र नं. १ मा युवा नेता टिकाराम लिम्बूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । चुनावी कमिटी सार्वजनिक कार्यक्रममा उम्मेदवार लिम्बूले आगामी निर्वाचन देशको विकास र समृद्धि चाहने शक्ति र देशलाई तहसनहस गर्न चाहने शक्तिबीचको प्रतिस्पर्धा भएको बताए।
उनले आफू अहिलेसम्म कुनै पनि भ्रष्टाचार, ठेक्कापट्टा, विवाद वा काण्डमा नमुछिएको दाबी गर्दै जनतामाझ स्वच्छ छविको उम्मेदवारका रूपमा रहेको प्रष्ट पारे। ‘जनताले दिएको अमूल्य मतको कहिल्यै अपमान हुँदैन,’ उनले भने‘जनताको अपेक्षा र विश्वासमा दायाँबायाँ नगरी जिम्मेवारी पूरा गर्नेछु ।’
कार्यक्रममा कमिटी गठनसँगै घरदैलो, जनसम्पर्क, प्रचार–प्रसार र संगठन सुदृढीकरणका गतिविधि तीव्र बनाउने जनाएको छ । वडा निर्वाचन परिचालन कमिटीसमेत बनाइएको छ । केन्द्रदेखि प्रदेश, जिल्ला, नगर र १ नं. क्षेत्रमा रहेका सबै जनसंगठनहरु चुनावमा होमिएको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिए।




















