विराटनगर।२०८२/१०/१३-सिलिगुडी,सिलिगुडीको नाट्य आन्दोलनमा अमूल्य योगदान पुर्‍याएका दिवङ्गत तथा अग्रज नाट्यकर्मीहरूलाई कानेखुसी नाट्य समूहद्वारा विशेष समारोहबीच मरणोपरान्त कानेखुसी सम्मानवरण प्रदान गरिएको छ। साथै ६० दशकदेखि सिलिगुडी नाट्य फाँटमा सक्रिय रहँदै योगदान दिँदै आएका जीवित नाट्यकर्मीहरूलाई पनि सम्मान गरिएको हो।

त्यही समारोहको बीच  कानेखुसीको दोस्रो प्रस्तुति 

हास्यव्यङ्ग्य नाटक टोयलेट मोड़ नाटक प्रस्तुत गरिएको थियो।

 संयोजन टोली:

प्रमुख निर्देशक शरद गुरुङ ,निर्देशक 

अशोक खवास,

नाटककार/गीतकार 

कृष्ण प्रधान,पार्श्व गायन

राकेश बराइली,नृत्य निर्देशक प्रा. गीता देवान प्रचार-प्रसार सचिव  राजेश क्षेत्री,नाट्य कलाकारहरूको प्रस्तुति:मणिकुमार शर्मा, (सी आर पी एफ)गोपाल विश्वकर्मा ,(पर्यटक गोपाल बरुवा बाबु)भीम प्रसाद शर्मा, (नेता)सुधीर घले "गोर्खा"

(चोर)प्रदीप खतिवडा,(गडबडे)

इन्द्र प्रधान क्षेत्री (सचेत नागरिक)डा. लक्ष्मी देवान,(पर्यटक बरुवाको श्रीमती)पारसमणि क्षेत्री ,(पुलिस अफिसर)शरद गुरुङ 

(ट्वाइलेट बाबु)अशोक खवास(बले)रमेश क्षेत्री,(शहीदको आत्मा)राकेश बराईली,(शहीदको आत्मा)रोमा क्षेत्री,


Screenshot_20260128_110502_Gallery20260127_202607


(पर्यटक बरुवाको बैनी)सुशान्त राई,(शहीदको आत्मा)युगल गुरुङ,(शहीदको आत्मा)गीता देवान ,(शिक्षिका)शिक्षा शर्मा,(विद्यार्थी)पायल थापा,(विद्यार्थी)श्रीजल क्षेत्री,(विद्यार्थी)मुस्कानलकान्द्री(विद्यार्थी)प्रथम गुरुङ,(विद्यार्थी)उपासना राई(विद्यार्थी)

लाइट

कुन्तल घोष,म्यूजिक

उमङ्ग दिलपाली राई

सैाजन्य:डा. हरि प्रसाद शर्मा ,प्रकाश सिंह ,मनोज क्षेत्री,

मरणोपरान्त कानेखुसी सम्मानवरण प्राप्त गर्नेहरू

दिवङ्गत डी.आर. खाती

(सम्मान ग्रहण: पत्नी श्रीमती पुष्पाञ्जली खाती)

सम्मान समर्पण: चम्पा भट्टाचार्य – कल्लोल नाट्य संस्थासँग सम्बन्धित श्रद्धेय नाट्यकर्मी तथा निर्देशक। गणनाट्य नाट्य संस्थाबाट अभिनय आरम्भ गरी साठी दशकदेखि सिलिगुडीका प्रायः सबै नाट्य संस्थामा अभिनय गर्ने अग्रणी व्यक्तित्व।

दिवङ्गत डी.एस. गजमेर

(सम्मान ग्रहण: छोरी हीरा गजमेर)

सम्मान समर्पण: डा. आनन्द भट्टाचार्च – इङ्गित नाट्य संस्थाका निर्देशक, दूरदर्शनका सिनियर इञ्जिनियर तथा पदेन निर्देशक।


FB_IMG_176956982015420260127_194720



भिम सिञ्चिउरी

(सम्मान ग्रहण: पत्नी श्रीमती शकुन सिञ्चिउरी)

सम्मान समर्पण: श्रीमती मन्दिरा प्रधान – कानेखुसी प्रबन्धन निर्देश (एम.डी.)। अभिनय नगरे पनि रिहर्सलका क्रममा कलाकारहरूलाई खाजा–भुजा व्यवस्थापन गर्दै कानेखुसी नाट्य टोलीलाई अविस्मरणीय योगदान दिने व्यक्तित्व।

आर.एल. गजमेर

(सम्मान ग्रहण: छोरी सरिता गजमेर)

सम्मान समर्पण: शुभङ्कर गोस्वामी – रित्विक नाट्य संस्थाका निर्देशक, धेरै नाटकमा निर्देशन तथा अभिनय।

रविचन्द्र देवान

(सम्मान ग्रहण: श्रीमती शकुन देवान)

सम्मान समर्पण: चम्पा भट्टाचार्य – कल्लोल नाट्य संस्थाकी निर्देशक तथा वरिष्ठ नाट्यकर्मी।

६० दशकदेखि सिलिगुडी नाट्य फाँटका सम्मानित नाट्यकर्मीहरू

६० दशकदेखि सिलिगुडीको रंगमञ्चलाई जीवित राख्दै निरन्तर साधनामा समर्पित नाट्यकर्मीहरूलाई पनि उक्त समारोहमा सम्मान गरिएको छ।

श्रीमती मीना अधिकारी

सम्मान समर्पण: कमला लेप्चा (दार्जिलिङ) – नाट्य तथा सिने कर्मी, कवि, गीतकार, नाटककार, निर्देशक एवं उद्घोषिका। अल इन्डिया रेडियोकी नाट्यकर्मी तथा गोर्खा दुःख निवारक सम्मेलनकी वर्तमान उपाध्यक्ष। नेपाली फिल्मसहित हिन्दी वेब सिरिज, बलिउड र हलिउडसम्म अभिनय।

20260127_183409


20260127_192022


20260127_19190620260127_19045420260127_202607



श्रीमती शान्तीदेवी छेत्री

सम्मान समर्पण: सविना श्रेष्ठ (विराटनगर, नेपाल) – रङ्गकर्मी, फिल्मी कलाकार, गीतकार, कवि, गजलकार तथा टेलिभिजन विज्ञापन प्रस्तोता। हाल विराटनगरको लोकप्रिय च्यानल शङ्खघोष की निर्देशक–सम्पादक।

श्रीमती कञ्चन शर्मा छेत्री

सम्मान समर्पण: कमला लेप्चा (दार्जिलिङ) – नाट्य तथा सिने कर्मी, कवि, गीतकार, नाटककार। नेपाली फिल्मसँगै हिन्दी वेब सिरिज, बलिउड र हलिउडमा अभिनय।

युवराज काफ्ले

सम्मान समर्पण: मुक्ति उपाध्याय।

श्रीमती मायादेवी सापकोटा

सम्मान समर्पण: चम्पा भट्टाचार्य।

बी.बी. विश्वकर्मा

सम्मान समर्पण: शुभङ्कर गोस्वामी – रित्विक नाट्य संस्थाका निर्देशक तथा अभिनेता।

समारोहमा वक्ताहरूले सिलिगुडीको नाट्य आन्दोलनलाई संस्थागत र सुदृढ बनाउन यी अग्रजहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै आगामी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।