विराटनगर।महाराष्ट्र, भारत ,आज बुधवार, २८ जनवरी २०२६ को बिहान ८:४५ बजे महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर्ड विमान बारामती (पुणे जिल्लामा) अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा पवारसहित विमानमा सवार सबै यात्रुहरूको मृत्यु भएको प्रहरीले र नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले पुष्टि गरेको छ।
दुर्घटना बारामती विमानस्थलमा अवतरणको प्रयास गर्दै गर्दा दुर्घटना भएको थियो। जहाँ विमानले रनवे नजिकै क्र्यास-ल्याण्ड गर्दा आगो लागेको र अत्यन्त क्षतिग्रस्त भएको भएको थियो।घटनास्थलमा उद्धार तथा छानबिन टोली परिचालित गरिएको छ।
उनले पर्सनल सुरक्षा अधिकृत, एक सहयोगी र दुई चालक दलका सदस्यहरू पनि थिए जसको सबैको मृत्यु भएको जनाइएको छ।




















