विराटनगर।झापा ,बालेन शाहलाई जिताउन श्रीमती सविना काफ्लेले झापामा चुनावी अभियानमा लागेकी छन्।
भावी प्रधानमन्त्रीको उम्मेदवार बन्दै झापा-५मा केपी शर्मा ओलीसँग चुनाव भिड्दै गरेका बालेन शाहलाई जिताउन उनकै श्रीमती सविना काफ्लेले झापा प्रवेश गरेकी हुन् । बालेन झापा५ मा उम्मेदवार दर्ता गराउदैँ ५ दिन पूर्वका विभिन्न जिल्लामा चुनावी अभियानमा सहभागी भएर काठमाडौं फर्किएर सुदूरपश्चिम लागिसकेका छन् । बालेन सुदूपश्चिम प्रदेशमा चुनावी अभियानमा हिँड्दा उनकै श्रीमती सविना काफ्ले भने रास्वपाका स्थानीय नेता कार्यकर्तासँग झापामा चुनावी अभियानमा सहभागी भएकी छन् । यसअघि बालेले मेयरको चुनाव लड्दा चुनावी अभियानमा नदेखिएकी सविना यस पटक प्रधानमन्त्रीकै उम्मेदवार बनेपछि चुनावमा जिताउन मैदानमा उत्रिएकी हुन् ।




















