विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमी विजयी भएको छ ।

शुक्रबार  भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमीलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हाँसिल गरेको हो ।

टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार गरेको थियो ।

डाइनामिकका लागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३० रन, विवेक झाले २४ रन र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिएका थिए ।

जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो ।

लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए ।

डाइनामिकका  सुवास राँय र एसएस झाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भएका थिए ।