विराटनगर।श्री सरस्वती मन्दिरको वार्षिक पूजनोत्सव २०८२ को अवसरमा विशेष काव्य गोष्ठी आयोजना गरी कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। मन्दिर परिसरमा आयोजित काव्य गोष्ठीको सभापतित्व काव्य संयोजक नारायण प्रसाद पोखरेलको रहेको थियो।
कार्यक्रममा सरस्वती मन्दिर सञ्चालन समिति अध्यक्ष कमलप्रसाद भट्ट, सचिव विमल पोखरेल, प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल तथा विशिष्ट अतिथि जीवन घिमिरेलगायत विभिन्न अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। काव्य गोष्ठीले सरस्वती पूजनोत्सवलाई साहित्यिक गरिमा प्रदान गरेको सहभागीहरूको भनाइ छ।
गोष्ठीमा सहभागी कविहरूले ज्ञान, कला र साहित्यप्रतिको श्रद्धा अभिव्यक्त गर्दै आफ्ना–आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। काव्य गोष्ठीमा प्राज्ञ विवश पोखरेल, गोकुल अधिकारी, चूडामणि नेपाल ‘अकिञ्चन’, दिनेशराज सुवेदी ‘दिङलाली कान्छो’, बाबुराम पोखरेल, रोहिणी रसिक, मञ्जुश्री गिरी, डा. विमला श्रेष्ठ, उमानाथ भट्टराई, लक्ष्मी रायमाझी, पुष्पा सायरा, निर्मला नेपाल, सबिना श्रेष्ठ, अच्युत खतिवडा, राधिका गुरागाईं, प्रतिमा निरौला, प्रयास निरौला, कमल भट्ट, जमुना पौडेल, पूर्णिमा सहनी, सब्या सहनी, सुशील प्रसाईं, विशाल पाललगायत कविहरूले कविता वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन चूडामणि नेपाल ‘अकिञ्चन’ले गरे। काव्य संयोजक नारायण प्रसाद पोखरेलको संयोजनमा सम्पन्न उक्त काव्य गोष्ठीले साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।























