तपाईँ हाम्रो खनार कति राम्रो खनार!
प्रकृतिले दिएको कति सुन्दर किनार!!
हरियाली नगर सफा खुला आकाश!
नहरको स्वरमा बग्छ हाम्रो विश्वास!!
बुढी गंगाको काखमा निदाएको गाउँ!
यति राम्रो ठाँउ छोडी अन्त कहाँ जाँउ?
बिहानीको न्यानो घाम साँझको छाँया!
खनारमै भेटिन्छ जीवनको अनन्त माया!!
बुढी झरना खोलामा बग्ने कन्चन पानी!
रमाउँदैछन् वयस्क वृद्धदेखि साना नानी!!
नेपाल देशको झण्डा खनार बजारभरि!
अनेक जात अनेक रुप भाषा नानाथरी!
हाम्रो माटोको सुगन्ध, मनको पहिचान!
मेहनत गरौं ‘खनार बनाऔं’ अभियान!!
एकतामा बाँधिएको हाम्रो सपना अपार!
गर्वले भन्छौँ ‘हाम्रो खनार, राम्रो खनार’!!
गर्वले भन्छौँ ‘हाम्रो खनार, राम्रो खनार’!!
श्री भवानी नेपाल
ईटहरी-१२ खनार
हाल- युएई दुबई




















