बिराटनगर ।बिराटनगर–१० स्थित श्री संसारी माईस्थान संरक्षण समितिले मिति २०८२ माघ ८ गते बिहीबार मन्दिर प्रांगणमा आयोजित विशेष कार्यक्रममा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई सम्मान गरेको छ।

डा. गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विचार गोष्ठी कार्यक्रममा नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष संमाननीय जीत बहादुर अर्जेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरिभक्त सिटौला, सभाध्यक्ष मन्दिरका अध्यक्ष कृष्ण कुमार मास्के कार्यक्रममा मन्दिर संरक्षण समितिका सदस्य गंगा सुवेदी, मन्दिरका पुजारी रञ्जन अधिकारी, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष राजकुमार कार्की, सदस्य निता शाक्य, रातोतारा डटकम अनलाइन पत्रिकाका सम्पादक तेजेन्द्र भण्डारी, राष्ट्रिय शक्ति नेपाल मोरङका अध्यक्ष अबु गुरुङ, सचिव लक्ष्मण पोद्दार, समाजसेवी मोहन वाग्ले, राष्ट्रिय सनातन सेवक नेपालका अध्यक्ष अभिष दाहाल, नेपाल विद्वत परिषद मोरङका जिल्ला कोषाध्यक्ष महमुद अन्सारीलगायत विभिन्न क्षेत्रका व्याक्तिको उपस्थित थियो।

सम्मान ग्रहणपछि प्रमुख अतिथि डा. जगमान गुरुङले संसारी माताको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका बारेमा प्रकाश पार्दै मन्दिर संरक्षण समितिका अध्यक्ष तथा उपाध्यक्षले मन्दिरको आधुनिक भवन निर्माण र नयाँ मूर्तिहरू स्थापना गर्न करिब २१ करोड रुपैयाँ लागत लाग्ने जानकारी गराए।

कार्यक्रमको सञ्चालन एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका वरिष्ठ सचिव तथा नेपाल विद्वत परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालको थियो।