विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट बुधबार दिउँसो १ जना वृद्धा महिलाको मृत्यु भएको छ ।कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दिउँसो ३ः१५ बजेतिर दुर्घटना भएको थियो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिँदा विराटनगर–४ की ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए। क्षतविक्षत अवस्थामा रहेको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको




















