विराटनगर।काठमाडौं,अमेरिकाले एकैदिनमा ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर विमानमार्फत काठमाडौं पठाएको छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका राष्ट्रपति बनेपछि एकैपटक यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट गरिएको यो पहिलो घटना हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार सोमबार (माघ ५०) अमेरिकाबाट निष्कासनमा परेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर विमानको व्यवस्था गरी उनीहरूलाई नेपाल पठाएको हो,” उनले बताए ।
यसअघि पनि अमेरिकाले नेपाली नागरिकलाई चार्टर विमानमार्फत डिपोर्ट गर्दै आएको छ । पुस ३ गते ७५ जना नेपाली काठमाडौं आइपुगेका थिए । त्यसअघि गत भदौ १९ गते एकैदिन ३७ जना तथा जेठ २५ गते पनि ३७ जना नेपाली नागरिक डिपोर्टमा परेका थिए ।




















