विराटनगर।काठमाडौं, २०८२ माघ ६ गते – भारत सरकारले आगामी मार्च ५, २०२६ को प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि नेपाललाई चुनाव सम्बन्धी सहयोगको पहिलो खेप हस्तान्तरण गरेको छ।


भारतले ६० भन्दा बढी डबल‑क्याब पिकअप ट्रक र अन्य सामग्रीहरू समावेश भएका छन्।  निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरकारी कार्यालयहरूको कार्य सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो।


हस्तान्तरण समारोह काठमाडौंमा आयोजना गरिएको थियो। भारतका चार्ज डे अफेयर्स डा. राकेश पाण्डे ले यी सवारी साधनहरू नेपालका गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदान गरेका थिए।


भविष्यमा भारतले कुल ६५० सवारी साधन उपलब्ध गराउने योजना बनाएको छ। नेपालले पहिलो पटक २०५५ साल (२००८) मा चुनावी सहयोगको लागि भारतसँग अनुरोध गरेको थियो। त्यसयता भारतले विभिन्न निर्वाचन चक्रहरूमा नेपालका मन्त्रालय, विभाग र चुनावी संस्थालाई करिब २,४०० सवारी साधनहरु प्रदान गरेको छ।