विराटनगर । मोरङको क्षेत्र नम्बर ६ बाट प्रमुख दलका उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गरेका छन् ।

क्षेत्र नम्बर ६ मा सार्बभौमसत्ता नागरिक पाटी बाट,महिला उमेदवार पृती झा करिब ११ बजे दर्ता गरेकी थिइन् ।,नेकपा एमालेका विनोद ढकालले अपरान्ह साढे १ बजे उम्मेदवारी दर्ता गरे । नेकपाका ओपेन्द्र रायले पौने २ बजे मनोनयन दर्ता गरेका छन् । 

राप्रपाका सविन निरौलाले अपरान्ह २ बजे उम्मेदवारी दर्ता गरे । 

नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३ बजे उम्मेदवारी दर्ता गराए । रास्वपाबाट रुविना आचार्यले अपरान्ह साढे ३ बजे उम्मेदवारी दिएकि थिइन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक स्वतन्त्रसहित विभिन्न दलसम्वद्ध १२ जनाले मनोनयन पत्र दर्ता गरिसकेका छन् ।

स्वतन्त्र जेन जि उमेद्वार राम खत्रीले उमेद्वारी दर्ता गराएका छन् ।