वजन २२१ २१२२ २२१ २१२२
चर्चा बटुल्न शासक ब्वाँसा बनेर हिँड्छन्
ठोकेर फेरि भाषण कर्ता बनेर हिँड्छन्
गर्छन् रजाइँ आफैँ जनता मरेर के भो
पल्केर चुस्न हड्डी भोका बनेर हिँड्छन्
सत्ता र देश हाक्ने हकदार मै हुँ भन्दै
गल्ती गरेर पहिल्यै चोखा बनेर हिँड्छन्
छन् भ्रष्ट देशमारा मान्दै नमान्ने कानुन
हाम्रो स्वदेशभित्र बाङ्गा बनेर हिँड्छन्
झूटा गरेर वाचा सन्तुष्ट छैन कोही
ठक्कर दिएर लाछी बाधा बनेर हिँड्छन् ।
✍️ डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची




















