विराटनगर । योगको प्रवर्द्धन र दक्ष योग शिक्षक उत्पादन गर्ने योग,ध्यान,प्राणायाम गर्दै आयुर्वेदिक जडिबुटीको प्रयोग गरेर जिवनशैली प्रबर्द्धन, उद्देश्यसहित आयोजित योग सहयोग शिक्षक प्रशिक्षण दीक्षान्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पयोस मनपा विराटनगरको आयोजनामा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रम २०८२/०९/१४ देखि २०८२/१०/०५ सम्म चलेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मा. पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली,विशिष्ट अतिथिका रूपमा विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने सहभागी थिए।
गुरुआसन पं. चन्द्रमणि गुरागाईं तथा शोभा कोइराला (पयोस कोशी प्रदेश) ले गराएको थियो।
कार्यक्रमको सभाध्यक्षता पयोस मनपा विराटनगरका अध्यक्ष माधव अधिकारी ले गरे। प्रशिक्षण अवधिभर योग शिक्षा, साधना र व्यवहारिक अभ्यासमा उत्कृष्ट प्रदर्शन गरेका ४२ जना नवयोग शिक्षकहरू दीक्षित भएका छन्।
कार्यक्रमको सञ्चालन पयोस मनपा विराटनगरका महासचिव डिबी बस्नेत ले गरेका थिए। स्वागत मन्तव्य पतञ्जलि योग महानगर समिति विराटनगरका संगठन सचिव चुडामणि घिमिरे (गोपाल) ले व्यक्त गरे।
दीक्षान्त कार्यक्रममा बालयोगी प्राप्ति घिमिरे सहित सयौँको संख्यामा योग शिक्षक, पत्रकार तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही अवसरमा नवनियुक्त मा. मन्त्री भीम पराजुली ज्यूलाई बधाई तथा सम्मान प्रदान गरिएको थियो। साथै पयोस मनपा उपाध्यक्ष चक्र लुइँटेल को शुभ जन्मोत्सव मनाउँदै कार्यक्रम समापन गरिएको थियो।





















