विराटनगर।काठमाडौं, महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनी स्वतः कार्यवाहक मेयरको जिम्मेवारीमा प्रवेश गरेकी हुन्।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, मेयरले राजीनामा दिएपछि उपमेयरले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी पाउने व्यवस्था गरिएको छ। यसै व्यवस्था अनुसार सुनिता डंगोलले कार्यवाहक मेयरको भूमिका सम्हाल्ने भएकी हुन्।