विराटनगर ।काठमाडौँ ,प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने भएकी छन् ।

आजै बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्  ।

‘निर्वाचन आचारसंहिता लागू हुने समय भयो । आचारसंहिता कहिले देखि लागू गर्ने र सरकारले केके गर्नुहुन्छ र केके गर्नुहुँदैन भनेर आयोगका पदाधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम हाे। रावलले भने, त्यसबाहेक निर्वाचन वा मनाेनयनको मिति सार्ने विषय भने होइन ।

निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने तयारी गरेको छ । करिब एक महिनाअघि निर्वाचन आचारस‌ंहिता लागू गर्नुपर्ने भएकाले सरकारले छलफल गर्न लागेको हो ।