विराटनगर । काठमाडौ ,रत्न पुस्तकालयमा आयोजित कार्यक्रममा चारु साधना, सिर्जना र प्रस्तुतिमा अब्बल प्रदर्शन गरेबापत साहित्यकार द्वय सुरेशचन्द्र घिमिरे र सुनिता बराललाई नोबेल साकोस चारु सम्मान प्रदान गरिएको छ।
सम्मानित स्रष्टालाई साहित्यिक पत्रकार संघका अध्यक्ष तथा प्रमुख अतिथि राधेश्याम लेकाली, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थी, डा. दामोदर पुडासैनी, डा. गोविन्दमनसिंह कार्की, राजनप्रसाद न्यौपाने र गीता अर्यालले संयुक्त रूपमा सम्मान प्रदान गरेको थियो।
त्यसै अवसरमा गीता अर्यालको कवितासङ्ग्रह “पर्खालभित्रको जून विमोचन गरिएको थियो।
कार्यक्रममा नोबेल साकोसका कार्यबाहक अध्यक्ष राजन न्यौपानेले वर्षभरि प्रस्तुत गरिएका उत्कृष्ट चारु सिर्जना तथा प्रस्तुति गर्ने चारुकारलाई यो सम्मान प्रत्येक वर्ष प्रदान गरिने जानकारी दिए। सम्मान ग्रहणपछि दुबै स्रष्टाले चारु गायन प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध पारेका थिए।
नोबेल साकोस र चारु साहित्य प्रतिष्ठानबीच विराटनगर र काठमाडौंमा सहकार्य रहँदै आएको जानकारी पनि कार्यक्रममा दिए। कार्यक्रममा प्रमोदकुमार ढकाललगायत साहित्यकारहरूको भव्य उपस्थिति रहेको थियो।




















