विराटनगर ।
काठमाडौं, नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून देखिएको छ।
सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् । यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना सुरु भएको छ ।
एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न नसकेको देखिन्छ। एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वाचनमा लैङ्गिक समानता र समावेशीता सम्बन्धी बहसलाई पनि सक्रिय बनाउने देखिन्छ ।
कमला बोहरा (कञ्चनपुर)कल्पना राई (सोलुखुम्बु)
अस्मिता थापा (ओखलढुंगा)भगवती चौधरी (सुनसरी)ज्वाला शाह (बारा),भगवती न्यौपाने(तनहु)विमला विक (बर्दिया)जुली महतो (धनुषा)




















