विराटनगर।२०८२/१०/ ३ इनरुवामा शनिबार सिर्जनामा इनरुवाले रचनावाचनको ४६ औ श्रृङ्खला सम्पन्न गरेको छ। उक्त श्रृङ्खलामा गद्द कविता ,पद्द कविता, मुक्तक, गजल, गीत तथा लघुकथाहरु वाचन भएका थिए। महिनाको पहिलो शनिबार हुने सो कार्यक्रममा अध्यक्षमा लिलानाथ सिलवाल, प्रमुख अतिथि जीवनाथ पोखरेल पन्छी, विशिष्ट अतिथि कुमार श्रेष्ठ, भरत गुरागाईं बर्बरिक, हरि कट्टेलको उपस्थिति थियो । स्वागत मन्तव्य राधा सुवेदीबाट भएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सदस्य विष्णु दाहालबाट भएको थियो। संस्थाका सचिव रमेन्द्र कोइरालाले संस्थाको गतिविधिको बारेमा व्यक्त गर्दै रचना वाचन गरेका थिए। सो कार्यक्रममा निम्न साहित्यकारहरू उपस्थित भएका थिए: भुपाल अधिकारी, टंक भेटवाल, ऋषिराज तिवारी, चिरंजीवी काफ्ले, पुण्यप्रसाद चौलागाई ,रमेश निरौला, यशोदा आचार्य ,राधा सुवेदी ,युवराज दाहाल ,कविराज घिमिरे ,अर्जुन दाहाल ओखलढुङ्गे ,प्रदिप कोइराला ,सक्षम यादव ,जेनिस देव, सुभाष दाहाल आदि। कार्यक्रममा इनरुवा, इटहरी, विराटनगर ,रङ्गेली, पथरी, बेलबारी, झोराहाट आदिबाट उपस्थित भएका थिए। दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति भएको थियो। सो कार्यक्रममा नोबेल साकोस कोशी प्रदेश विराटनगर, इटहरी साहित्य समूह ,जनजागरण पुस्तकालय, विराटनगर छन्द वाटिका मोरङ, विराटनगर, कोशी कला साहित्य प्रतिष्ठान बेलबारी, रंगेली कला साहित्य प्रतिष्ठान आदिबाट प्रतिनिधित्व भएको थियो। सो कार्यक्रममा कुमार श्रेष्ठ र पुण्यप्रसाद चौलागाईंले आजीवन सदस्यको रकम बुझाएका थिए।




















