विराटनगर । सुनसरीमा मार्बल बोकेको मालबाहक ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ।
भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा पाँच जना कामदारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई पल्टिएको थियो।




















