विराटनगर ।काठमाडौं ,नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएआ छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो।

विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले गएराति साढे १२ बजे विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीहरूको नाम सुनाएका भएको थिए। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित भएका छन् ।

महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाममा सर्वसम्मति भएको छ। सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछाडिएको समुदाय) निर्वाचित हभएको हो।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।

विशेष महाधिवेशन पक्षले देउवा पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरी उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको थियो। देउवा र उनी पक्षका नेताहरू यसमा सहमत भएनन्।

त्यसलगत्तै पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।