विराटनगर। पधरानका सुमन श्रेष्ठलाई धरानमा सिभिल इन्जिनियर मात्र होइन, स्थानीय विकास, सार्वजनिक बहस र वैकल्पिक राजनीतिमा सक्रिय पात्रका रूपमा चिनिएका छन् । दुई दशकदेखि इन्जिनियरिङ व्यवसाय सञ्चालन गर्दै रोजगारी सिर्जनामा संलग्न श्रेष्ठ पछिल्ला वर्षहरूमा स्थानीय समस्या पहिचान र समाधानको बहसलाई संस्थागत बनाउने प्रयासमा छन् ।
श्रेष्ठले कोसी प्रदेशका विभिन्न जिल्लासहित काठमाडौँको पशुपतिक्षेत्र, धादिङ, खोटाङ, इलाम, भोजपुर, धनकुटा, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानमा विकास आयोजना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन –डिपिआर) तयार गरेको छ । भौतिक पूर्वाधार र विकासका काममा लामो अनुभव बटुलेका उनि योजनाको कागजी प्रक्रियामा मात्र सीमित नबसी स्थानीय आवश्यकता, सरोकारवाला र राजनीतिक यथार्थ जोड्नुपर्नेमा जोड दिदैं आए।
यही सोचअनुसार उहाँले धरानमा स्थानीय समस्याको पहिचान, सरोकारवालाको धारणा संकलन र समाधानका उपाय खोज्ने उद्देश्यले विभिन्न चरणका सार्वजनिक बहस र संवाद कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विकासलाई केवल बजेट र संरचनाको विषय नभई सामाजिक समझदारी र राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने उनको धारणा रहेको छ ।
शैक्षिक रूपमा सुमन श्रेष्ठले डिप्लोमा इन सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा स्नातक गरि हाल राजनीतिशास्त्रमा स्नातकोत्तर अन्तिम सेमिस्टर अध्ययन गरिरहेका छन् । इन्जिनियरिङ, व्यवस्थापन र राजनीतिशास्त्रको संयोजनले उनलाई विकास, नीति र शासनको अन्तरसम्बन्ध बुझ्न सहयोग पुगेको उनि बताउँ छन् ।
गत दुई दशकदेखि इन्जिनियरिङ व्यवसाय सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले रोजगारी सिर्जना र स्थानीय सीप प्रयोगमा जोड दिँदै आए। नीजी क्षेत्रको अनुभवले नीति निर्माण र कार्यान्वयनबीचको दूरी स्पष्ट देखाएको उनको भनाई छ ।
आफ्नो व्यवसायीमा सफतासँगै राजनीतिक रूपमा उनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धरान उपमहानगरपालिकाको सभापति छन् । उनि रास्वपा धरान नगरको संस्थापक सचिव पनि हो ।
विकास, पारदर्शिता र स्थानीय नेतृत्वको सशक्तीकरणमा केन्द्रित वैकल्पिक राजनीतिलाई धरानमा संस्थागत गर्ने प्रयासमा उनि सक्रिय छन् ।
श्रेष्ठ धरानलाई शैक्षिक र पर्यटकीय हबका रूपमा विकास गर्नुपर्ने धारणा राख्दैं आए। धरानसँग भएको स्रोत, सम्भावना र ‘श्रोत साधन’को व्यवस्थापन गर्दै अन्तर–स्थानीय तह, प्रदेश र संघसँगको समन्वयमा १० वर्षे दीर्घकालीन योजना आवश्यक रहेको उनि बताउँछन् । यस्तो योजनाले व्यापार विस्तार र रोजगारी सिर्जनामा टेवा पुर्याउने उनको विश्वास छ ।
सुमन श्रेष्ठको राजनीतिक र सामाजिक यात्राको मूल ध्येय चेतनाको माध्यमबाट सुसंस्कारयुक्त, समन्वयकारी, स्वच्छ र समझदारीपूर्ण समाज निर्माण हो । विकास र राजनीतिलाई टकराव होइन, सहकार्य र संवादको माध्यमबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास उहाँका काम र सोचमा स्पष्ट देखिन्छ ।
सुनसरी–१ बाट प्रतिनीधि सभा सदस्य आकांक्षी
इन्जिनियरिङ क्षेत्रमा रणनीतिक योजना र नीति निर्माणमा अब्बल, अब सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य बन्न आकांक्षी छन् । उनि केवल सिभिल इन्जिनियर मात्र होइनन, दुई दशकको व्यवसायिक अनुभव र स्थानीय विकासको नेतृत्व क्षमता भएका नेता हुन् ।
उनको दृष्टिकोणमा धरान र सुनसरी क्षेत्रलाई शैक्षिक, पर्यटकीय र आर्थिक केन्द्र बनाउनु प्राथमिकता हो । उनि स्थानीय श्रोत साधनको प्रभावकारी व्यवस्थापन, दीर्घकालीन योजना र रोजगारी सिर्जनामा विश्वास राख्छन् । साथै, सुसंस्कारयुक्त, स्वच्छ र समझदारीपूर्ण समाज निर्माणमा पनि सक्रिय छन् ।
श्रेष्ठ अन्य प्रतिस्पर्धीभन्दा अब्बल हुनुको कारण हो—उनिसँग इन्जिनियरिङ ज्ञान, नीति निर्माण अनुभव, राजनीतिक नेतृत्व र स्थानीय विकासको ठोस दृष्टिकोण सबै उपलब्ध छन् । सुनसरी–१ का मतदाताले मात्र नेतृत्व र अनुभवी दृष्टिकोणलाई मतदान गरेर फरक देखाउन सक्ने अवसर पाउँछन् ।




















