विराटनगर । विकल्प एन अल्टरनेटिभको आयोजनामा ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। यातायात, रोजगारी र दिगो सहरी यातायात व्यवस्थापनमा ई–रिक्साको भूमिकामाथि केन्द्रित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री उमाकान्त गौतम रहनुभएको थियो। विशेष अतिथिका रूपमा पूर्व कानुन मन्त्री तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पूर्व मन्त्री रेवती रमण भण्डारीको सहभागी थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, महेंद्र मोरङ क्याम्पस (BSW संकाय) की प्राध्यापक मनिता भण्डारी, नेपाल यातायात अटो तथा ई–रिक्सा चालक संघका केन्द्रीय सदस्य भगवान बस्नेत लगायतको उपस्थिति रहेको थियो। साथै बुढीगंगा गाउँपालिकाअन्तर्गत नेपाल यातायात अटो तथा ई–रिक्सा चालक संघ इकाइ समिति, मेरो सफारी (राइड सेयरिङ एप) र कायापलट संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक दिवाकर उप्रेती (मधेश प्रदेश संयोजक) कार्यक्रमका साझेदारका रूपमा सहभागी थिए।
कार्यक्रममा ई–रिक्सा सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गर्दै यस क्षेत्रका चुनौती, अवसर र नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो। साथै भिडियो प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो। प्रतियोगितामा संगम पौडेल प्रथम, सत्या राजवंशी द्वितीय, सीताराम कोइराला तृतीय तथा अनिश खनाल सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। प्रतियोगिताका प्रायोजक सीओसी ट्रेडर्सका कार्यकारी निर्देशक गोपी साह रहेका थिए।
भण्डारीले ई–रिक्सालाई व्यवस्थित, सुरक्षित र दिगो यातायात साधनका रूपमा विकास गर्न नीति निर्माण, अनुसन्धान र निजी क्षेत्रको सहकार्यमा जोड दिएको बताएका थिए।




















