विराटनगर ।२०८२!९!२९!मोरङ,कोशी प्रदेश सहकारी सङ्घ लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले डा. डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हथियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याको समाधानका लागि नेतृत्वले विशेष पहल गर्नुपर्ने आवश्यकता बताए। उनले सहकारीलाई बचत र ऋणमा मात्र सीमित नराखी उत्पादन र रोजगारीसँग जोडेर प्रदेशको आर्थिक समृद्धिमा योगदान दिनुपर्नेमा जोड दिए।
अधिवेशनबाट आगामी कार्यकालका लागि ११ सदस्यीय सञ्चालक समिति चयन गरिएको थियो। समितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्रप्रसाद सुवेदी, उपाध्यक्षमा शारदा थापामगर, सचिवमा युवराज भट्टराई र सहसचिवमा टामन सिग्देल चयन भएका छन्। सञ्चालक सदस्यहरूमा फौद सुवेदी, अनुराज पाठक, विश्वनाथ पराजुली, गंगाप्रसाद दाहाल, शरणकुमार पराजुली र डुफ बास्तोला रहेका छन्।
यसैगरी सङ्घको लेखा सुपरिवेक्षण समिति संयोजकमा खोमप्रसाद बगाले चयन भएका छन्। सदस्यहरूमा लक्ष्मीनारायण चौधरी र पार्वती बराल छन्।




















