विराटनगर ।काठमाडौं , नेपाली कांग्रेसले आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कडा कारबाही भएको छ । पार्टी निर्णयअनुसार उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।
केन्द्रीय समिति स्रोतका अनुसार विशेष महाधिवेशनको माग गर्दै अघि बढेका नेताहरूसँग सहमति खोज्ने प्रयास असफल भएपछि कारबाहीको निर्णय गरिएको थियो। विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारे पनि त्यसमा सहमति जुट्न नसकेपछि वार्ता भंग भएको थियो । त्यसलगत्तै उनीहरुले छुट्टै नयाँ कार्यसमिति सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यसैबीच, कांग्रेसले थापा, शर्मा र मन्सुरबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई पार्टी गतिविधिमा फर्किन आग्रह गरेको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि निर्णय सार्वजनिक गर्दै आकर्षण, प्रलोभन र लहलहैमा नलागी जिम्मेवारी बोधका साथ पार्टीको काममा फर्किन अनुरोध गरिएको जानकारी दिएका छन्।
उनका अनुसार पार्टी कारबाहीमा परेकाले कारण खुलाएर स्पष्टीकरण पेश गरेमा निर्णय पुनरवलोकन हुन सक्ने संकेत पनि दिइएको छ ।
उनका अनुसार पार्टी कारबाहीमा परेकाले कारण खुलाएर स्पष्टीकरण पेश गरेमा निर्णय पुनरवलोकन हुन सक्ने संकेत पनि दिइएको छ । कांग्रेस नेतृत्वले पछिल्लो निर्णयले पार्टीभित्र अनुशासन कायम गर्ने र संगठनात्मक एकता मजबुत बनाउने अपेक्षा राखेको जनाएका छन्।




















