विराटनगर । सुम्निमा सांस्कृतिक परिवार विराटनगरले आयोजना गरेको समसामयिक राजनीतिक परिवेशमा नागरिकको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ बिनानै कार्यक्रम भएको छ।उनी आउने प्रचार प्रचार गरिएको थियो । तर, १० बजेका लागि तय गरिएको कार्यक्रमका सहभागीले साम्पाङलाई साढे १२ बजेसम्म सर्वसाधारणले पर्खिएर बस्दा सम्म न आएपछि आक्रोश व्यक्त गर्दै फर्कुएका थिए ।
आयोजक घरीघरी उनलाई फोन समेत गरेर अत्तालिरहेका देखिन्थे । भने प्रमुख वक्ता साम्पाङ उपस्थित हुन सकेनन् ।त्यसपछि ढिलोगरी मात्र कार्यक्रम शुरु भएको थियो ।
अन्तिम समयमा आउन नभ्याउने साम्पाङले जानकारी गराएपछि कार्यक्रम शुरु गरिएको थियो । सुम्निमा सांस्कृतिक परिवारका पदाधिकारीका अनुसार कार्यपालिका बैठकको चापका कारण आउन नसकेको भन्ने जानकारी गराएका थिए ।




















