विराटनगर ।२०८२!९!२७ विराट आदर्श साहित्य मञ्चको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ।आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन्।
मीनकुमार नवोदितको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्राज्ञ विवश पोखरेल विशीष्ट अतिथि प्राज्ञ गंगा सुवेदी,प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेम सुवाल, हिसान मोरङका सल्लाहकार दिनेश दाहाल, वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना र मोरङ ट्राफिक प्रमुख सन्तोष न्यौपाने लगायतले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भए।
यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृती फुयल र एलिजा ठाकुर सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् ।
मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए ।

























