थुप्रा पिडा हन्टर सब सहेर
बनावटी सुन्दर मुख लिएर
छाती फुकाई म हिंडीरहेको
म राष्ट्र हूँ आज मलाई हेर !
।।१।।
मलाइ खाडी र मलेसियामा
अमेरिकोरोप र एशियामा
यहीं छ जोताहरको कमी जो
म जोतिएको नि बितेछ धेर !
।।२।।
फुलाउँछु पुष्प थरीथरीका
न वैलिने धर्तीभरी-भरीका
खसालि आंसू फुल सिन्चिदैछुं
बिदेशको सेवक जो भएर I
।।३।।
यो धर्तिका मानव एक जात
भनी बसुधैव कुटुम्बकम् को
निती पढेको मनको म सोझो
सधैं झुकेकोछुं मलाई हेर I
।।४।।
थुप्रै पिडा हन्टर सब सहेर
बनावटी सुन्दर मुख लिएर
छाती फुकाई म हिंडीरहेको
म राष्ट्र हूँ आज मलाई हेर !
।।५।।
सेप्टेम्बर २९, २०२३ I भक्तपुर, नेपाल I
नेपालका अंतर्राष्ट्रिय बहुभाषी कवि साहित्यकार सन्तोष कुमार पोखरेल




















