विराटनगर।रङ्गेली मोरङ्गमा अवस्थित आदर्श मा विले आफ्नो ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा रङ्गेली नगरपालिका उपप्रमुख भूमा पराजुली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समन्वय एकाई मोरङ्गका प्रमुख शालीग्राम दाहाल बिशिष्ट अतिथिमा थिए। रङ्गेली नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, नेपाल शिक्षक महासंघ रङ्गेलीका अध्यक्ष चिरञ्जीवी काफ्ले , नेपाल शिक्षक संघ जिल्ला समिति अध्यक्ष बिनोद यादव , प मा वि का प्र अ अरविन्द साह , रत्न मा वि का प्र अ शिव भट्टराई, पार्वती मा वि का प्र अ ॐ प्रसाद सिंह , गणेश मा वि का प्र अ अविन सरदार , त्रिभुवन मा वि का प्र अ केशर बानिया लगायका प्रधानाध्यापक अतिथिका रूपमा थिए । विद्यालयका पूर्व प्र अ , अवकाश प्राप्त शिक्षक र अभिभावकहरूको बाक्लो उपस्थितिमा समारोह सम्पन्न भएको थियो।
समारोहमा विद्यालय प्रधानाध्यापक बिश्वरसिंह मेवाहाङ्गले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक गतिबिधिहरुको पूर्ण पाठ गरेर सुनाए।
बिद्यार्थीहरूका सुन्दर नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथमा बिद्यार्थीहरूले बिज्ञान प्रदर्शनी र बिभिन्न परिकारका स्टलहरू र लोपोन्मुख सांस्कृतिक बस्तुहरू समेत राखिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य अतिथि अरविन्द साह, बिनोद यादव , चिरञ्जीवी काफ्ले, बिशिष्ट अतिथि शालिग्राम दाहाल , प्रमुख अतिथि भूमा पराजुलीले राखेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य उषा मण्डलले गरे भने विद्यालय स प्रअ सीताराम मण्डलले कार्यक्रम सञ्चालन गरेका थिए।






















