विराटनगर। इटहरी साहित्यिक समूहको आयोजनामा भरत गुरागाईका बर्बरिकका कविताहरु कविता सङ्ग्रह विमोचन भएको छ।प्रमुख अतिथि सार्क कवि मनु मञ्जिल,विशिष्ठ अतिथि धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्ले, अतिथिहरू लेखनाथ घिमिरे, सुभद्रा प्याकुरेल,प्रा डा भीम खतिवडा, प्रा डा बद्री विशाल पोखरेल, मोहन तुम्माङ र कृष्ण विनोद लम्सालको उपस्थिति रहेको थियो।
धरानका वडा अध्यक्षले शुभकामना दिदै किताब म तेतिकै लादिन किनेर लान्छु जति दिन चाहानुहुन्छ,सबैले कविता लेख्न सक्दैन अद्भुत क्षमता चाहिन्छ,भन्दै लेखकलाई उर्जा दिएका थिए।
अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समिक्षा भने मुना आत्रेयको रहेको थियो।
कृतिमाथि समीक्षा गर्दै समिक्षक मुना आत्रेयले कवितामा गहिरो भाव रहेको उल्लेख गर्दै कविले कवितामार्फत पाठकलाई रुवाउन सक्ने अद्भुत क्षमता रहेको बताइन। उनले कृतिलाई संवेदनशील र भावप्रवण रचनाहरूको सशक्त संग्रहका रूपमा व्याख्या गरेकि थिइन्।मैले आफ्नो कृति इटहरी मायघरलाइ दिएको छु।यसबाट आएको पैसा मायाघरलाइनै हुनेछ लेखकले आफ्मो भनाइ व्यक्त गरे।
त्यस्तै साहित्यकार भीम खतिवडाले नाटक मन परे पनि यस कृतिका कविताहरू अझ प्रभावशाली रहेको बताउदै कविताले पाठकलाई भित्रैसम्म हराउन बाध्य बनाउने, मुटु र मस्तिष्कलाई थेरापी दिने र ऊर्जाशील अनुभूति गराउने खालका रचनाहरू समेटिएको धारणा व्यक्त गरे।
प्रमुख अतिथि मनु मञ्जिलले आफ्ना भनाइ राख्दै गराज कविता वाचन गरे।उनले कविको कविता वाचन शैली प्रशंसनीय रहेको उल्लेख गर्दै लेखक–कलाकारमा अनावश्यक सजावटभन्दा सादगी र भाव नै महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए। राधा सुवेदी सविना श्रेष्ठ ,नवीन थापाले ।कृति बाट वाचन वाचन गरेका थिए। कार्यक्रममा कविको बाक्लो उपस्थिति रहेको थियो।
























