विराटनग।जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३ औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।उनैको नेतृत्वमा सपथग्रहण गरेको हो ।  बुधबार विराटनगरमा सम्पन्नसभाले सञ्चालक समिति तथा लेखा र सुपरिवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष दाहाल यसअघिको कार्यसमितिमा सचिवको रूपमा सक्रिय थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई र उपाध्यक्षमा संगीता दाहाल छन् । यस्तै, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत चुनिएका हुन् ।

सञ्चालक सदस्यहरूमा विजयकुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनाशकुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फुयल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्द निरौला रहेका  छन् । भने दुर्गाप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको हो।जसको सदस्यद्वयमा आषिशकुमार यादव र आशाकुमारी माझी थारु छन् ।

१० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन

साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१–८२ मा ३७ लाख ४१ हजार ५४२ रुपैयाँको कारोबार गर्दै १० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संघको सेयर पूँजी ४१ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ भने १ करोड ३१ लाखभन्दा बढी ऋण लगानी रहेको जानकारी दिएका छन् ।