विराटनगर।मोरङको कटहरी गाउँपालिका–२ मा कठोर जाडोयामबाट प्रभावित विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेसका युवा नेता सञ्जय मण्डलको पहलमा आयोजित कार्यक्रममा ५१ जनालाई कम्बल वितरण गरिएको थियो ।
विराटनगर निवासी समाजसेवी विनोदकुमार गुप्ताको सहयोगमा ५१ थान कम्बल उपलब्ध गराइएको आयोजकले जनाएको छ । जाडोयामको तीव्रता बढ्दै जाँदा दैनिक जीवनमा कठिनाइ भोगिरहेका असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ राहत उपलब्ध गराइएको मण्डलले बताएका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।




















