विराटनगर ।देशभर पश्चिमी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहे पनि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्नाले धेरै चिसो बढेको छ।विज्ञान विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः खुला रहने अनुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली भू–भागमा पनि आंशिक बदली रहनेछ।

तराई भू–भागका अधिकांश स्थानमा दिनभर हुस्सु–कुहिरोको अवस्था कायमै रहने सम्भावना देखिएको छ।जसले यातायात, उडान तथा दैनिक आर्थिक गतिविधिमा प्रभाव पार्न सक्ने विभागको भनाइ रहेको छ।

रातिको समयमा पनि तराईका धेरै स्थानमा हुस्सु जारी रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र अन्यत्र मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ।