विराटनगर।रंगेली,मोरङको रंगेली नगरपालिका–७ मा रहेको श्री संसारीमाई मन्दिरमा चोरी भएको छ । मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा माथि गम्भीर प्रश्न उठेको छ ।
रातको समयमा मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरी चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेन्द्रकुमार बोगटीको नेतृत्व टोलीले अनुसन्धान सुरु गरेको छ। मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर रहेको नगद चोरी भएको थियो । चोरीमा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि सिसी टिभी फुटेजबाट प्रमाण संकलन गरिरहेको बताएको छ ।




















