विराटनगर : १८ पौष नव वर्ष 2026 को अवसरमा स्रष्टा साँझ अमेरिका र चारु साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित नव वर्षको  शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ। चारु गजल विशेष   कार्यक्रम चारु साहित्य प्रतिष्ठानका अध्यक्ष  देवी पन्थीको अध्यक्षता नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रममा नेपाल , अमेरिका, भारत, भुटानका आमन्त्रित चारु एवं गजलकारको बाक्लो उपस्थित थियो। कार्यक्रमको मुख्य उदेश्य चारु र गजल बिचको भिन्नता देखाउनु थियो। बहरमा भए गजल र बेबहर भए चारु सम्मेलनको निचोड रहेको थियो ।

प्रभात दीक्षित ( अमेरिका) , विश्वराज अधिकारी ( अनेरिका) , डा कृष्णहरि बराल, डा घनश्याम परिश्रमी

डा दीपक गोस्वामी ( भारत), डा ठाकुर मोहन श्रेष्ठ 

लक्ष्मीप्रसाद मिश्र , बालकुमारी घिमिरे(अमेरिका)

सबिता गैरे - करोलिना , मानन्धर अभागी , सञ्जना शर्मा

आर्त अकुलिन ,खोम काफ्ले ( भुटान ) पुष्पा राई,शोभा गौत,भानु पोखरेल ,मेघनाथ खनाल , भगवती दवाडी , वेदप्रसाद रिजाल, सुनिता बराल , तेजप्रसाद खनाल 

शारदा बिसुराल पाण्डे, चन्द्रावती अधिकारी , शर्मिला तिमिल्सिनाले चारु र गजल प्रस्तुत गरेका थिए।

कार्यक्रम संचालन स्रष्टा साँझ अमेरिकाका नेपाल प्रतिनिधि पवनकुमार बुढाथोकीको रहेको  थियो ।