विराटनगर। सनातन कालदेखि धार्मिक रूपमा महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज पौष शुक्ल पूर्णिमादेखि विधिवत् रूपमा सुरु भएको छ। हिन्दु धर्मावलम्बीहरूले आजदेखि एक महिनासम्म चोखो रही घर–घरमा श्री स्वस्थानी व्रत कथा वाचन गर्दै ३१ अध्याय पाठ गर्ने परम्परा रहेको छ।
श्री स्वस्थानी व्रत कथामा भगवान शिव, पार्वती, कुमार र नारद ऋषिसँग सम्बन्धित प्रसंगहरू समेटिएका छन्। व्रत बस्दा मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति, स्वास्थ्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
विशेषगरी महिलाहरूले व्रत बस्ने चलन रहे पनि पछिल्लो समय पुरुष तथा युवा पुस्ताको सहभागिता पनि बढ्दै गएको छ। माघ शुक्ल पूर्णिमाका दिन व्रत समापन गरी कथा श्रवण तथा प्रसाद वितरण गर्ने परम्परा छ।
व्रतालुहरुले बाजागाजा सहित शालीनदिबाट बालुवा ल्याएर महिनादिन सम्म शिवको स्वरुप मानेर मध्याह्न पारी पुजा गर्ने र कथा सुन्ने गर्दछन् ।श्री स्वस्थानीको कथामात्र पढेपनी घरमा सुख र शान्ति मिल्ने प्रचलन रहि आएको छ।




















