विराटनगर।झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान अवतरणका क्रममा रन–वे पार गर्दै घाँसे क्षेत्रमा पुगेको छ । प्रारम्भिक विवरणअनुसार काठमाडौं–भद्रपुर नियमित उडानमा रहेको जहाज अवतरणपछि ओभर,रन हुँदा घटना भएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार, जहाज रन–वे क्षेत्रभन्दा केही बाहिर पुगेको पुष्टि भएको छ।  घटनाबारे थप प्राविधिक विवरण संकलन भइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी बिनोद घिमिरेले अवतरणकै क्रममा जहाज चिप्लिएर तलतिर गएको जानकारी दिए ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, बुद्ध एयरको उक्त जहाज रन–वे पार गरेपछि ग्रास एरियामा पुगेको थियो। घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।