विराटनगर।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा पुगेका छन् । सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ त्यहाँ पुगेका  हुन् ।

अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा वनभोज आयोजना गरेका थिए । मुख्यमन्त्री बानियाँ सोही वनभोजमा माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिरहा पुगेका थिए।

यसका अलावा वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि आइपुगेका थिए । उनीहरू भने सरकारी गाडी प्रयोग गरी वनभोज खान आइपुगेका हुन् ।