विराटनगर।सुनसरीमा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोसी गाउँपालिका–१ का विजय साह मृत अवस्थामा फेला परेका छन् । राति करिब १ बजेतिर गोली चलेको सूचना प्राप्त भएपछि घटनास्थल पुगेको टोलीले साहलाई मृत फेला पारेको हो। घटनास्थलबाट गोलीका खोकासमेत बरामद गरिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार साह सिटी रिक्सामार्फत चिनी र सरफजस्ता सामान ओसारपसार गरिरहेका बेला घटना भएको प्रारम्भिक जानकारी आएको थियो।




















