पैसाको पछाडी दौडिने खराब कुलत देखियो 

ईमान, जमान, प्रतिष्ठा  अनि  ईज्जत देखियो 

सम्मानलाई  सस्तो  लोकप्रियता बनाउने को,

नियत देखियो औकात अनि हैसियत देखियो ।

                             १.

असल अनि सहिलाई सधैँ भरि गलत बनाएर

खराव  कार्यलाई  जहिल्यै सर्वसम्मत बनाएर

भ्रमको दोकान  चलाउँदैछन्  हेर बिचौलिया

ठग्ने, छल्ने, ढाट्ने अनि लुट्ने नियत बनाएर ।

                              २.

नौटङ्गी गर्दै यो जालझेल यसरी नै चलिरहन्छ

भेडा  अल्मल्याउने  खेल यसरी नै चलिरहन्छ

थाहा छैन  ग्याँसको पाइप र रेल चल्छ चल्दैन,

तर बेला बेला यो पोखरेल यसरी नै चलिरहन्छ ।

                               ३.

खानुस् है भ्रम  मिसाएको  पकवान बाँड्दै छु

चाउमिन बाँड्दैछु,  म : म: र  नान बाँड्दै छु

सबलाई  ठूलो  बनाउने  यो अभियान हो मेरो,

लिइ जानुस्, सिसाको फ्रेम सम्मान बाँड्दै छु ।

                               ४.    


 नवशिला 

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ ।

(४ पुस २०८२)