दुबै छेउ ठुला ढुङ्गा  "तरुल" बीचमा रमी 

जिन्दगी चल्दथ्याे पैल्हे देखिएन कुनै कमी ।


गणतन्त्र बढी छाडा भ्रष्टाचार खुबै भयाे 

कुदाए यिनले देश तरुल भट्भटे भयाे ।


जेन्जीकाे अब पालाे रे देशलाई कुदाउने 

कसाे हाे अब के हाेला "पल्सर" याे बनाउने ।


छिमेकी मित्रका गाडी "टिपर" मातिए बढी 

बचेर कसरी हिड्नु  अायाे मुस्किलकाे घडी ।

लोचन रिजाल 

विराटनगर