विराटनगर।छन्द वाटिका नेपाल तथा स्रष्टा समाजको आयोजनामा नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवस तथा कवि शिरोमणि लेखनाथ जयन्ती २०८२ को अवसरमा रचना वाचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। खोटाङ सामाजिक सेवा मञ्च, विराटनगर–८ मा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कविहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष मञ्जु दाहाल घिमिरेले खोटाङ सामाजिक सेवा मञ्चलाई पानस हस्तान्तरण गरेकी थिइन्। कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा. डा. हरिहर भण्डारीको उपस्थिति रहेको थियो। साथै छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल र साहित्यकार मञ्जु दाहालको उपस्थिति थियो।
कार्यक्रममाको उद्घाघोषण चिरञ्जीवी काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य शारदा भट्टराईले राखेकी थिइन् ।साहित्यकार बाबुराम पोखरेल प्रा डा हरिहर भण्डारी तथा हरि कट्टेलले कवि शिरोमणि लेखनाथ पौड्यालको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै समकालीन साहित्यको अवस्था, छन्द र सिर्जनात्मक अभ्यासबारे विचार व्यक्त गरेका थिए।
कार्यक्रम नेपाल स्रष्टा समाज कोशी प्रदेश र छन्द वाटिका नेपाल, विराटनगरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कविहरूले लेखनाथ विशेष कविता वाचन गरेका थिए ।






















