विराटनगर।राउण्ड टेबल नेपालले सोमबार श्री सरस्वती सदन आधारभुत विद्यालयका ५५ जना विद्यार्थीलाई विराट ट्रेड एक्स्पोको अवलोकन गराएका छन् । श्री सरस्वती सदन आधारभुत विद्यालय बुढीगंगा गाउँपालिका स्थित निमुवामा रहेको विद्यालयले राउण्ड टेबल नेपालले ,फुलफिल अ विश, अभियान अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विराट ट्रेड एक्स्पोको अवलोकन गराएको थियो ।

विद्यार्थीहरूलाई व्यापार, उद्योग र उद्यमशीलताका बारेमा व्यवहारिक ज्ञान दिलाउन विराट ट्रेड एक्स्पोको अवलोकन गराइएको राउण्ड टेबल नेपालका कार्यक्रम संयोजक सौरभ गोल्छाले जानकारी गराएका हुन् ।