विराटनगर। धरान ,पत्रकारसहित सुनसरी उद्योग वाणिज्य संघको ४२ साधारण सभाको अवसरमा दुई पत्रकारसहित धरानको आर्थिक सामाजिक, स्वास्थ्यलगायत क्षेत्रमा विशिष्ट योगदान दिने व्यत्तिहरुलाई सम्मान गरेको छ । 

Messenger_creation_7E5E01EC-D5FD-4306-9692-EB1791A2BD4B


पत्रकारिता क्षेत्रबाट पर्यटन, आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिएको भन्दैं ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्कीलाई नगदसहित सम्मान गरेको छ । कार्की विगत २५ बर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारित गदैं आएका छन् । पछिल्लो समय उनले ‘पूर्वी नेपालका धाम’ नामक नेपाली र बंगाली भाषामा धार्मिक पर्यटन प्रवद्धनका लागि पुस्तक प्रकासनका तयारी गरिरहेका छन् । यस्तै आर्थिक क्षेत्रमा कलम चलाएको भन्दैं राष्ट्रिय समाचार समितिकी सुनसरी सम्बाददाता स्वर्णिम राई(संगीता)लाई नगदसहित सम्मान गरेको छ । उनी ११ बर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम गदैं आएकिछन् । 

कार्यक्रममा २०२० सालमा स्थापित सुनसरी उद्योग बाणिज्य संघका तत्कालिन सल्लाहाकार तथा धरान ट्रेडिङका सञ्चालक निर्मणकुमार अग्रवाल, धरानमा पुराना उद्योगी सूर्य मेटलका निर्देशक रोहित ताम्राकार, पुरानो मिल सञ्चालक देविराम अग्रवाल, युवा उद्यमी घरेली प्रविधीबाट स्थानीय स्तरमा सावुन उत्पादन गदैं आएकी मनिता घिमिरे र स्वास्थ्य क्षेत्रमा उच्च योगदान पुर्याउदै आएका डा. खालिद हुसेन र डा. तपन तरफदारलाई सम्मान गरिएको छ । 

साधारण सभामा पुराना व्यवसायी मानमोहन श्रेष्ठ र हिरा उदासलाई संघको मानर्थ सदस्य दिएको संघका निवतृमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । 

आन्तरिक राजस्व कार्यालयका महानिर्देशक मदन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संघका अध्यक्ष गोपाल श्रेष्ठले सहभागीहरुलाई स्वागत गदैं संघको आधिकारिक धारणा सार्वजनिक गरेका छन् । 

उनले धार्मिक पर्यटकीय क्षेत्रहरुलाई प्रवद्धन र विकास गर्न रामधुनी–बराहक्षेत्र–विष्णुपादुका र विजयपुर सर्किटका लागि लिक् रोड आवश्यकता भएको बताए । यसतै धरानमा प्रदृशनी स्थल, औद्योगीक ग्राम निर्माण, धरान–तमोर सुरुङ मार्ग निर्माण तथा धरानमा ड्राइ पोर्ट निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

उनले कर तथा राजस्व प्रणालीमा भएका कमिकमजोरीबारे  व्यवसायीहरुले गरेको गुनासोबारे महानिर्देशक दाहाललाई नीतिगत सुधारका लागि सुझावसमेत दिएका छन् । उनल ेभने–‘एउटा आर्थिक बर्षमा सहिवा मिसम्याच हुदा सरकारले विगो मानी १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र शत प्रतिशत जरिवाना शुल्क व्याज जोडेर तिर्न पर्दा व्यापारीले घर जग्गा, व्यवसाय धरौटी राख्नु पर्ने अवस्था आएको छ ।’ उनले यस्ता अव्यवहारिक कानुन संसोधनका लागि पहल गर्न महानिर्देशक दालहाललाई मञ्जबाटै अनुरोध गरेका छन् । यस्तै बार्षिक ३० लाख भन्दा कम कारोवार हुने करदाताका विषयमा, पारिवारिक छुटलगायतका विषयमा अध्यक्ष श्रेष्ठले विषय उठान गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि दाहालले व्यवसायीहरुले उठान गरेका विषय सम्न्धित निकायमा राख्ने बताए ।

कार्यक्रममा महासचिव प्रभाव खतिवडाले सांगठानिक प्रतिवेदन पेस गरेका थिए । हालसम्म भएका गतिविधीबारे उनले चर्चा गरे । कार्यक्रममा एदोग संगठन कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, सुनसरीका निर्वतमान अध्यक्ष विजय श्रेष्ठ, नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरेललगायतले बोलेका थिए ।