विराटनगर। पुस १, दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–११ को १६औँ वार्षिक साधारण सभा भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ।

विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा संगम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा भानुभक्त पौडेल, हरि घिमिरे र चन्द्र थापाले संस्थाको वर्तमान अवस्था, वित्तीय प्रगति तथा भावी योजनाबारे जानकारी गराएका थिए।

साधारण सभामा सहकारी सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममार्फत सहकारीको पारदर्शिता, सदस्य सहभागिता र आगामी कार्यदिशाबारे छलफल गरिएको आयोजकले जानकारी दिए।