विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन ११ गते हुने संसदीय निर्वाचनमा पार्टी अनिवार्य रूपमा सहभागी हुने स्पष्ट पारेका छन् । निर्वाचन लोकतान्त्रिक प्रणालीको मूल अभ्यास भएकाले 

जसपा कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यादवले आजदेखि नै पार्टीले आन्दोलन र संगठन विस्तारका कार्यक्रमसमेत अघि बढाउने जानकारी दिएका छन्  । 

युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै भदौ २३ र २४ गते आवाज उठाएको स्मरण गर्दै यादवले विगत सरकारहरूको कुशासनले देशलाई गम्भीर संकटतर्फ धकेलेको बताए । लामो समयदेखि सत्ता सम्हालेका नेकपा एमाले र नेपाली कांग्रेसको करिब ३५ वर्षको शासनकालमा उद्योगधन्दा धरासायी भएको, युवाहरू बेरोजगार बनेर वैदेशिक रोजगारीमा जान बाध्य भएको दुखेसो पोखे।

राजनीतिक स्थिरता र प्रभावकारी शासन प्रणालीका लागि संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने सुझाव यादवले राखेका छन्।