विराटनगर।सिराहा। मजदुरी गर्दै अध्ययन जारी राखी MBBS मा फुल स्कलरशिप हासिल गर्न सफल सिराहाका सत्यनारायण साफीलाइ समाजसेवी आशिका तामाङले रु. १ लाख नगद सहयोग गरेकी छिन्। आर्थिक अभावका बाबजुद निरन्तर संघर्ष र मेहनतबाट चिकित्सा शिक्षा अध्ययनको अवसर पाएका साफीलाइ थप प्रोत्साहन र सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको तामाङले बताइन्।

सहयोग प्राप्त गरेपछि साफीलाले आफूजस्ता आर्थिक रूपमा कमजोर तर मेहनती विद्यार्थीहरूका लागि यो सहयोग ठूलो हौसला भएको प्रतिक्रिया दिए। उनले सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै भविष्यमा समाजसेवामै समर्पित चिकित्सक बन्ने प्रतिबद्धता जनाएका छन्।