विराटनगर।इलाम,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (एएसआई) मनिष देवानको असामयिक निधन भएको छ। इलामको माईजोगमाई गाउँपालिका,नाम्सालिङ निवासी देवानको २०८२ साल पुस ८ गते निधन भएको थियो।
स्व. देवानको अन्तिम सलामी कार्यक्रम बिहीबार २०८२ पुस १० गते इलाम जिल्ला माईजोगमाई गाउँपालिका वडा नं. ४ अमङटारस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रदान गरिएको वडा अध्यक्ष दुरन देवानले जानकारी दिए।
अन्तिम सलामी कार्यक्रममा नेपाल प्रहरीका अधिकारीहरू, सहकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। राष्ट्रसेवामा समर्पित स्व. देवानप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले उनको योगदानको स्मरण गरेका थिए।




















